महालक्ष्मी विकास बैंक बीएफआईएन एल एण्ड डी एक्सिलेन्स अवार्डद्वारा सम्मानित



काठमाडौं । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युड अफ नेपाल बिएफआईएनद्वारा प्रदान गरिने एल एण्ड डी एक्सिलेन्स अवार्डबाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।

साउन २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न “लिडर फर द नेक्स्ट जेनेरसन एक्सपेक्त दि अनएक्सपेक्टेड” कन्फरेन्सकाबीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।


क्लिकमान्डु