प्रहरी र सीआईबीका प्रमुखले सुन तस्करीमा महराको नाम समावेश हुनु गल्ती हो भनेः प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई छानबिन गर्न निर्देशन दिएको बताएका छन् ।

मंगलबार बालुवाटारमा पत्रकारहरुसँगको छलफलमा प्रधानमन्त्रीले दाहालले आफूले सीआईबीका प्रमुखसँग महराको नाम समावेश गर्नु गल्ती कि प्रतिवादी नबनाएर गल्ती गरेको भनेर सोधेको बताए ।

‘मैले सीआईबीका प्रमुख र आईजीपीलाई बोलाएर महराको नाम समावेश गर्नु गल्ती कि प्रतिवादी नबनाएर गल्ती गरेको हो ? सोधेँ, जवाफमा उनीहरूले नाम समावेश हुनु गल्ती हो भने’, प्रचण्डले भने ।

उनले महरालाई गिरफ्तार गरेर हुन्छ कि बयान लिएर हुन्छ प्रतिवादी बनाएर छानबिन गर्न निर्देशन दिएको बताए ।

‘उपाध्यक्ष महरा र छोरालाई छानबिन गर्न निर्देशन दिइसकेको छु । आजभोलिमै छानबिन अघि बढ्छ’ उनले भने ।


क्लिकमान्डु