सेयर बजार राताम्मे, २०१ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक ३१.८० अंकले घटेर परिसूचक २०४५.४४ बिन्दुमा रोकिएको छ ।

कारोबारमा २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँको सेयर किनेबच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ११.७९, विकास बैंक ७३.१८, वित्त ३९.८४, होटल १२३.६९, जलविद्युत ५१.३३,जीवन बीमा २०४.२८, उत्पादन तथा प्रशोधन २४२.२८, माइक्रोफाइनान्स ४०.१६, निर्जीबन बीमा समूहको उपसूचक १८४.२१ अंकले घटेको छ ।

कारोबारमा इमर्जिङ नेपाल, सिक्लेस हाईड्रोपावर, नबिल ग्रोथ फण्डका लगानीकर्ताले कमाउँदा हिमालयन डिस्ट्रिलरी, थ्रीस्टार हाईड्रोपावर, मोलुङ हाईड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ५५ लाख ९४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र सोल्टी होलट रहेको छ । कारोबारमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको सेयर मूल्य घटेको छ ।


रवि धिताल