शिखर इन्स्योरेन्सको नाफा ४६.५६% ले बढ्दा अन्य सूचक कस्ता ?



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म शिखर इन्स्योरेन्सको नाफा ४६.५६ प्रतिशतले बढेर ४० करोड ३१ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा २७ करोड ५० लाख ९१ हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्म कम्पनीको खुद बिमा शुल्क आर्जन १ अर्ब ५९ करोड २० लाख ७७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब २७ करोड १० लाख २० हजार रुपैयाँ रहेको थियो ।

२ अर्ब ६५ करोड ४९ लाख ४७ हजार चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५९ करोड ६९ लाख ५२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ७८ करोड ४३ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको बिमा कोषमा १ अर्ब ५३ करोड ७४ लाख ३६ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ १९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ ।


रवि धिताल