किर्ते शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ, बैंकले नै दिएको थियो सूचना
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर खाएको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको छ ।
किर्ते प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकको रुपन्देहीमा कार्यरत कर्मचारी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बुटवल शाखाका मनिष मास्के र खिमानन्द गौतम, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालिकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी छन् । त्यस्तै मुद्दा शाखाका दीपक विष्ट पनि पक्राउ परेका छन् ।
उनीहरुलाई नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती कर्मचारीले बैंकलाई दिएको शैक्षिक प्रमाणपत्रको कागजात नक्कली भएको शंका लागेपछि सिटिजन्स बैंक व्यवस्थापनले त्रिभुवन विश्व विद्यालयलाई चेकजाँच गर्न पठाएको थियो ।