दोस्रो दिन बढ्यो घोराही सिमेन्टको सेयर मूल्य



काठमाडौं । कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको घोराही सिमेन्टको सेयर मूल्यमा दोस्रो दिन बढेको छ ।

सेयर कारोबार सुरु भएकै दिन आइतबार ९.९९ प्रतिशत अर्थात् ५६.५ रुपैयाँ घटेको कम्पनीको सेयर मूल्य सोमबार १५ रुपैयाँ बढेको हो ।

कम्पीको ओपनिङ रेन्ज प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ रुपैयाँसम्म रहेकोमा सोमबार प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा खुलेको थियो ।

सुरुमा बढेर सेयर मूल्य ५८१ रुपैयाँ ४० पैसा सम्म पुगेको सेयर कारोबार बन्द हुँदा ५०९ रुपैयाँ प्रतिकित्तामा झरेको थियो । सोमबार बढेर ५२४ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।

कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँका दरले प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो ।


रवि धिताल