भगवती हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता कति ?



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गर्न लागेको छ । ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । १७ हजार १६२ कित्ता सेयर कर्मचारीलाई छुटयाएको छ ।

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा यसमा भदौ ५ देखि ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ। आईपीओमा सी–आश्व सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ। यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


रवि धिताल