![](https://clickmandu.com/wp-content/uploads/2023/08/uparastrapati-yadav-768x403.jpg)
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव छिमेकी राष्ट्र चीनको भ्रमणमा जाँदै छन् । अपराह्न साढे ४ बजे उनी चीन प्रस्थान गर्नेछन् ।
सातौं चीन-दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात-निर्यात मेलामा सहभागी हुन उनी चीन जान लागेका हुन् । मेला साउन ३१ देखि भदौ ३ सम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।
चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै श्रीमती चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी छन् । उपराष्ट्रपति यादव भदौ ४ गते काठमाडौं फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया