सेयर बजार १४ अंकले बढ्यो



काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतबार १४ अंकले बढेको छ । वित्त, उत्पादन, लघुवित्त र अन्यबाहेकका सबै उपसमूह उकालो लागेपछि समग्र बजार परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ अंकमा उक्लिएको हो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूह २.२१ प्रतिशतले बढेको छ । त्यस्तै बैंक १.०७ र होटल १.८७ प्रतिशतले उकालो लागेको छ । बाँकी समूहको वृद्धि १ प्रतिशतभन्दा कम छ ।

बजार बढ्दा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अप्पर स्याङ्गे र माउन्टेन इनर्जीको सर्किट लेभलमा कारोबार भएको छ ।

घोराही सिमेन्टको सेयर मूल्य भने पहिलो कारोबार भएकै दिन ९.९९ प्रतिशतले घटेको छ ।

गत साताको बुधबार र बिहीबार पनि सेयर बजार बढेको थियो । बुधबार ४१ अंक र बिहीबार ५ अंकले बजार बढेको थियो ।


रवि धिताल