डा. शर्मा पक्राउबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसले सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बिहान ११ बजेबाट नयाँ बानेश्वरमा सुरु हुनेछ । बैठकमा पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने र पार्टीको धारणा बनाउने बताइएको छ । साथै, संसदको गतिरोध अन्त्य गर्न र संसद सुरु गर्ने बारेमा पनि छलफल हुनेछ ।

जिल्ला अदालत काठमाडौँले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिइसकेको छ । अदालतको आदेशसँगै उनी थुनामुक्त भइसकेका छन् ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेर एमालेले संसद चल्न दिएको छैन ।


रवि धिताल