संसद गतिरोधका विषयमा एमालेले पार्टीको धारणा सार्वजनिक गर्ने



काठमाडौं । नेकपा एमालेले संसद गतिरोधका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ । मध्याह्न पौने १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्ने भएको हो ।

पत्रकार सम्मेलनमा वर्तमान समसामयिक राजनीति, संसदको गतिरोधलगायतका विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरी एमालेले संसद अवरोध गर्दै आएको छ ।

संसदमा करिब सयभन्दा बढी विधेयक विचाराधीन रहेका बेला एमालेको अवरोधलाई लिएर नकारात्मक टिप्पणी हुन थालेपछि एमालेले धारणा सार्वजनिक गर्न लागेको बुझिएको छ ।


क्लिकमान्डु