सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै टिक्दैन: शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै टिक्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) ले शनिबार आयोजना गरेको कार्यक्रममा उनले सुशासन दिन सके मात्र सरकार टिक्ने टिप्पणी गरेका हुन् ।

नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्यको विकल्प नभएको बताए ।

‘अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको छ,’ उनले भने, ‘भ्रष्टाचार कम गर्न सत्तारुढ गठबन्धन र सरकारले विशेष पहल गर्नुपर्छ ।’


रवि धिताल