सीआईबी र राजस्वले नियन्त्रणमा लिन नमानेपछि रोहन अडुकिया रिहा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शुक्रबार दिँउसो १ बजे नियन्त्रणमा लिएका व्यवसायी राकेश अडुकियालाई छोरालाई रिहा गरेको छ । रोहनलाई कुनै निकायले खोजेमा उपस्थित हुने सर्तमा छाडिएको हो ।

अध्यागमन विभागले रोहनले पटकपटक हङकङ र दुबई भ्रमण गरेको भन्दै उनको भारतीय नम्बरको पासपोर्टलाई शंकास्पद सूचीमा राखेको थियो । उक्त सूचीका आधारमा अध्यागमन कार्यालयले रोहनलाई नयाँ दिल्लीबाट काठमाडौं आउने क्रममा नियन्त्रणमा लिएको थियो ।

तर, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रोहन आफूहरूको शंकास्पद सूचीमा नरहेको बताएपछि अध्यागमनले रोहनलाई छोडेको हो ।

राजस्व अनुसन्धान विभाग र सीआईबीले नियन्त्रणमा लिन नमानेपछि अध्यागमन दबाबमा परेको थियो । कुनै निकायले हाल नियन्त्रणमा नलिएपछि आवश्यक परेको बखत उपस्थित हुने कागज गराएर अध्यागमन कार्यालयले छोडेको छ ।

शंकास्पद यात्रा सूचीका आधारमा रोहनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको जनाएको थियो । तर, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अडुकियाको अपराधीक पृष्ठभुमि नदेखिएको भन्दै तत्काल नियन्त्रणमा राख्न अस्विकार गरेका थिए ।


रवि धिताल