रास्वपाले संसद अवरुद्ध भएको दिनको सेवासुविधा नलिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

संसद भवनअघि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले संसद नचलेको दिनको सेवा सुविधा नलिने जानकारी गराएका हुन् । लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सुरु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि उनले बताए ।

संसद नचलेको अवस्थामा कुनै पनि बेलामा हामीले हाजिरी मात्र गरेर तलब सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद बैठक र अब हुने संसद अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने उनले स्पष्ट पारे ।

सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरु फेला पर्ने बताए ।


रवि धिताल