माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता कति ?



काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले असार २८ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको हो । सय रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको छ ।

आईपीओमा आयोजना प्रभावित ललितपुर जिल्लाको बाग्मती गाउँपालिका–१ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका( ५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिका(३ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले क्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्राइम कमर्सियल , कुमारी र प्रभु बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु