सेयर बजारमा सामान्य सुधार, १०५ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । कारोबारमा बजार ५.१३ अंकले बढेर परिसूचक २०६६.०५ बिन्दुमा रोकिएको छ । निकै उतार चढाबका बिच बजारमा सामान्य सुधार देखिएको हो ।

२६९ कम्पनीको ५५ लाख ३ हजार २१ कित्ता सेयर २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ०.२३ अंक, विकास बैंक ११.१२, वित्त ७.०५, जीवन बिमा ९.६९, माइक्रोफाइनान्स समूहको उपसूचक ५.७९ अंकले घटेको छ ।

यस्तै होटल समूहको उपसूचक १४८.९१, होटल ६.९६, उत्पादन तथा प्रशोधन ३३.४१, निर्जीबन बिमा १३५.२१, अन्य ७.५४ र ट्रेडिङ समूहको उपसूचक ३१.८३ अंकले बढेको छ ।

कारोबारमा अभियान लघुवित्त, सिंगटी हाईड्रो,स्वेत गंगा हाईड्रोपावर, नबिल इक्वीटी फण्डका लगानीकर्ताले कमाएका छन् भने हिमालयन लघुवित्त, सुपर मादी हाईड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, एशियन हाईड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थामा रहेको छ । कम्पनीको १६ करोड ९५ लाख ८२ हजार ६१० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः अप्पर तामाकोशी हाईड्रोपावर र शिवम् सिमेन्ट रहेका छन् । कारोबारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ ।


रवि धिताल