असहयोग हुँदा तार भूमिगत गर्न ढिलाइ: कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सम्बन्धित निकायको असहयोगका कारण विद्युत तार भूमिगत कार्यमा ढिलाइ भएको बताएका छन् ।

प्राधिकरणको प्रबन्ध निर्देशक बनेको २ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कामका उपलब्धि सार्वजनिक गर्दै घिसिङले विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न सुरु गरिएको कार्य सम्बन्धित निकायहरुसँगको समन्वयमा समस्या भएकाले केही ढिलाइ भएको बताएका हुन् ।

‘काठमाडौं उपत्यका, भरतपुर र पोखरा महानगरपालिका क्षेत्रका विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न सुरु गरिएको कार्य सम्बन्धित निकायहरुसँगको समन्वयमा समस्या भएकाले केही ढिलाइ भए पनि समयमै सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको छ,’ मुख्य उपलब्धिमा भनिएको छ ।


रवि धिताल