विद्युत प्राधिकरणको नाफा १ अर्ब ४ करोडले घट्यो



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए।

गत वर्ष बढेको सुख्खायामले विद्युत उत्पादनमा गिरावट आउँदा प्राधिकरणको नाफा घटेको घिसिङले बताए ।

अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो। घिसिङले ग्राहकलाई नियमित गुणस्तरीय विजुली दिने गरि प्राधिकरणले काम गरिरहेको दाबी गरे।

देशभर ९५ प्रतिशत घरधुरीमा विद्युतीकरण पुगेको भन्दै प्राधिकरणले देशभर बिजुलि पुर्याउन काम गरिरहेको जानकारी दिए ।

काठमाडौं उपत्यका सहित देश भरका प्रमुख ११ शहरहरूमा सन २०५० सम्म बिजुलीको माग धान्ने गरि आवश्यक प्रशारण र बितरण प्रणाली बनाउन लागिएको घिसिङको भनाइ छ ।

प्राधिकरणको प्रबन्ध निर्देशक भएको दुई वर्ष पुगेको अवसरमा प्राधिकरणमा गरेका काममा विषयमा जानकारी दिन घिसिङले पत्रकार सम्मेलन गरेका हुन । घिसिङलाई २०७८ साउन २५ गते दोस्रोपटक प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी दिईएको थियो ।


रवि धिताल