ग्लोबल आइएमई बैंकले ल्यायो स्मार्ट अडियो डिभाइस सुविधा



काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा ल्याएको छ ।

बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो ।
यो योजनासँगै बैंकका ग्राहकले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ । यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने बैंकले जनाएको छ ।

यसबाट मर्चेन्ट-व्यापारी तथा ग्राहकहरुलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने बैंकको विश्वास छ । यसबाट व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरता समेत घटाउँने बैंकको विश्वास छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।


रवि धिताल