लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको लाभांश पाउने कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले बुक क्लोज मिति तय गरेका छन् । दुवै कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेपछि बुक क्लोज मिति तय गरेका हुन् ।

दुवै फन्डले साउन ३२ गते बुक क्लोज गर्ने भएका छन् । साउन ३१ गतेसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीेले घोषणा गरेको लाभांश पाउनेछन् ।

लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ९.५ प्रतिशत र लक्ष्मी इक्विटी फन्डले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरीसकेका छन् । दुवै फन्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ । दुवै फन्डलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ ।


रवि धिताल