![](https://clickmandu.com/wp-content/uploads/2023/08/commercial-banks-20-new-768x403.png)
काठमाडौं । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले कम्पनीको प्रतिसेयर आम्दानीमा निकै ध्यान दिने गरेका हुन्छन् । लगानीकर्ताले हेर्ने सूचकमध्येको महत्वपूर्ण सूचक प्रतिसेयर आम्दानी पनि हो ।
कम्पनीको प्रतिसेयर आम्दानीको आधारमा लगानीकर्ताले कति लाभांश पाउन सक्छन् भनेर अनुमान गरिन्छ । कुनै कम्पनीको प्रतिसेयर आम्दानी धेरै छ भने त्यस्तो कम्पनीले लगानीकर्तालाई पनि धेरै लाभांश दिनसक्छ ।
प्रतिसेयर आम्दानी धेरै भएका बैंकलाई राम्रो बैंक मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ । सेयर लगानीकर्ता सदैव उच्च प्रतिफल दिने कम्पनीमा लगानी गर्न रुचाउँछन् ।
लगानीकर्ताको आकर्षण उच्च प्रतिफल दिने कम्पनीमा हुन्छ । लगानीकर्ताले कम्पनीले आर्जन गरेको नाफाभन्दा पनि कम्पनीले आर्जन गरेको प्रतिसेयर आम्दानीलाई हेरेर लगानी गर्न रुचाउँछन् । कम्पनीको खुद नाफा र जारी साधारण सेयरको अनुपात प्रतिसेयर आम्दानी हो ।
असार मसान्तसम्म बैंकहरुले प्रकाशन गरेको वित्तीय अवस्था अनुसार सबैभन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको थियो ।
एनआईसी एशिया बैंकपछि धेरै प्रतिसेयर आम्दानी हुनेमा स्टयान्डर्ड चार्टर्ड बैंकको ३७ रुपैयाँ ३९ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा २३ रुपैयाँ ९२ पैसा रहेको थियो । राष्ट्रिय वाणिज्य बैंकको ३३ रुपैयाँ ९६ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ३४ रुपैयाँ ८५ पैसा रहेको थियो ।
एभरेष्ट बैंकको ३१ रुपैयाँ ७२ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा २६ रुपैयाँ ३ पैसा रहेको थियो । २० रुपैयाँ भन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा ७ वटा बैंक रहेका छन् ।
नबिल बैंकको २७ रुपैयाँ ८२ पैसा, ग्लोबल आइएमई बैंकको २० रुपैयाँ ७७ पैसा, कृषि विकास बैंकको २० रुपैयाँ ६२ पैसा, नेपाल एसबिआई बैंकको २२ रुपैयाँ १५ पैसा, नेपाल बैंकको २३ रुपैयाँ २२ पैसा, सिद्धार्थ बैंकको २२ रुपैयाँ ६४ पैसा, सानिमा बैंकको २१ रुपैयाँ ०२ पैसा रहेको छ ।
१० रुपैयाँ भन्दा बढी प्रतिसेयर आम्दानी हुने बैंकमा ८ वटा बैंक रहेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६ रुपैयाँ ०७ पैसा, एनएमबि बैंकको १८ रुपैयाँ ५७ पैसा, प्राइम बैंकको ११ रुपैयाँ ६६ पैसा, लक्ष्मी सनराइज बैंकको १९ रुपैयाँ ४४ पैसा रहेको छ ।
हिमालयन बैंकको १९ रुपैयाँ १९ पैसा, प्रभु बैंकको १२ रुपैयाँ, माछापुच्छ्रे बैंकको १८ रुपैयाँ ०५ पैसा रहेको छ भने सिटिजन बैंकको १५ रुपैयाँ ५९ पैसा रहेको छ ।
१० रुपैयाँ भन्दा कम प्रतिसेयर आम्दानी हुने कम्पनीमा कुमारी बैंक मात्रै छ । कुमारी बैंकको ७ रुपैयाँ ४६ पैसा रहेको छ ।
प्रतिक्रिया