सिटिजन्स बैंक र हटपिज रेस्ट्रो तथा रेगल हेटौंडा रिसोर्टबीच समझदारी



काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंको पुतलीसडकस्थित हटपिज रेस्ट्रो तथा मकवानपुरको हेटौंडास्थित रेगल हेटौंडा रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल  बैंकिङ ग्राहकले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौंडा रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरका १८८ शाखा, १४७ एटिएम, ३ विस्तारित काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख २५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


रवि धिताल