सेयर बजारमा हरियाली, २०० कम्पनीको मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकका सुधार देखिएको छ ।

कारोबारको सुरुदेखि नै उतार चढाब देखिएको बजारमा अन्तिम एक भन्टामा सुधार देखिएको छ । अन्तिम एक घन्टामा देखिएको सुधारले बजारमा ४१.०६ अंकको बढोत्तरी देखिएको छ । बजार मापन गर्ने सूचक ४१.०६ अंकले बढेर परिसूचक २०६०.९१ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबार बजारमा ६० अंकको उतार चढाब रह्यो ।

२६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको १२.९१, विकास बैंक ९४.८५, वित्त ५८.६४, होटल १८८.५०, जलविद्युत ६२.४१, जीवन बिमा ३४६.७४, उत्पादन तथा प्रशोधन ८५.८७, माइक्रोफाइनान्स ५२.२३, निर्जीबन बीमा समूहको उपसूचक ३१०.५२ अंकले बढेको छ ।

कारोबारमा हिमालयन लघुवित्त वित्तीय संस्था, सुपरमादी हाईड्रोपावर, मनकामना स्मार्ट लघुवित्त वित्तीइ संस्था, मदाङकिनी हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १५ करोड ५० लाख २६ हजार २०२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र नेपाल रिपब्लिक मिडिया रहेको छ ।
कारोबारमा २०० कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटाको घटेको छ ।


रवि धिताल