नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो



काठमाडौं । नेपाल टेलिकमका ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज हराएको छ । कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलका अनुसार ‘नमस्ते’ ब्राण्डका रिचार्ज कार्ड हराएको हो ।

निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो । यी सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिद बिक्री नगर्न निर्देशनालयले आग्रह गरेको छ ।

हराएका रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ ।


रवि धिताल