प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै सन नेपाल लाइफ, २० हजार कित्तासम्म आवेदन दिन सकिने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ दरका दरले ९६ करोड रुपैयाँको ९६ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमा ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ४ लाख ८० हजार कित्ता सेयर सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ७६ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
साउन ३२ गतेदेखि निष्कासन हुने सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्ता आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सी(आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।