प्रचण्ड गर्मीले अमेरिकामा १४७ जनाको मृत्यु



एजेन्सी । अमेरिकामा प्रचण्ड गर्मीका कारण १४७ जनाको ज्यान गएको छ । एरिजोनाको पिमामा ६४ र म्यारीकोपामा ३९, नेभाडाको क्लार्कमा २६, टेक्सासको वेबमा ११ र ह्यारिसमा सात जनाको ज्यान गएको हो ।

जुनको अन्तिम सातादेखि बढेको गर्मी अझैसम्म जारी छ । जुन र जुलाई महिनामा लगातार ३१ दिन ११० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम पुगेपछि जनजीवन अस्तव्यस्त भएको थियो ।

आँधी र बाढीमा भन्दा गर्मीले ज्यान गुमाउनेको संख्या अधिक भएपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । जलवायु संकटले यस्तो अवस्था निम्त्याएको उनीहरूको तर्क छ ।

हावर्ड विश्वविद्यालयका चिकित्सक डेभिड एस जोन्सले देशभरिबाट संकलन गरिएको मृत्युको विवरणलाई रहस्यमय भनेका छन् ।


क्लिकमान्डु