सेयर बजार राताम्मे, कारोबार रकम घट्दै



काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा गिरावट आउनुका साथै कारोबार रकम समेत घटेको छ । बजारसँगै कारोबार रकम घट्दा लगानीकर्ता भने त्रसित बन्न थालेका छन् ।

कारोबारको सुरुदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २८.४० अंकले घटेर परिसूचक २०१९.८५ बिन्दुमा रोकिएको छ ।

२६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको १३.२५, विकास बैंक ६६.८८, वित्त ४८.०१, होटल ८४.०१, जलविद्युत ३८.५२, जीवन बीमा १९६.०१, उत्पादन तथा प्रशोधन ७३.६१, माइक्रोफाइनान्स ६०.९८, निर्जीबन बीमा ११२.२५ अंकले घटेको छ ।

कारोबारमा स्वरोजगार लघुवित्त विकास बैंक, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आइएमई लाईफ इन्स्योरेन्स पहिलो स्थानमा छ । कम्पनीको १७ करोड ८९ लाख ३२ हजार २०२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र एभरेष्ट बैंक रहेका छन् ।


क्लिकमान्डु