सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ए१ लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो । सोमबार १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


क्लिकमान्डु