नागढुंगा-नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’



काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सोमबार रेस्क्यु टनेलको ब्रेक थ्रु गरेका हुन् ।

२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको सुरुङमार्गको रेस्क्यू टनेल निर्माणको काम सोमबार सकिएको हो।

मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको छ ।

सुरुङमार्गको विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।

कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।


क्लिकमान्डु