४४ वाटको फ्ल्यास चार्जिङसहितको भिभो वाइ २७ नेपाली बजारमा, मूल्य कति ?



काठमाडौं । भिभोले आफ्नो वाइ सिरिजमा नयाँ मोडलको वाइ २७ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ ।

डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ हेर्दा अरु स्मार्टफोन मोडलभन्दा अलग देखिन्छ । जसले गर्दा आफ्नो साथीहरुको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको छ ।

४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने यस वाइ २७ मा ५ हजार एमएएचको ब्याट्री छ । त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि छ । ६ जिबी र्‍याम र ६ जिबीको एक्स्टेन्डेड र्‍याम भएकाले एपहरु स्विच गरिरहनुपर्ने, धेरै ट्याब खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताका लागि यो फोन विशेष रूपमा उपयोगी रहेको कम्पनीको दाबी छ ।

नेपाली बजारमा २३ हजार ९९९ मा सार्वजनिक भएको वाइ २७ हेर्नमा अत्यन्त आकर्षक छ ।यसको एस्थेटिकले स्टाइल र प्रोफेसनलिजम खोज्ने उपभोक्ताहरुलाई चित्त बुझाउँछ । औँठीको आकारबाट प्रभावित यसको डुअल रिङ्ग डिजाइनले सुनौलो रङलाई निकै आकर्षक तरिकाले प्रयोग गरेको छ ।

५० एमपिको अल्ट्रा क्लियर क्यामरा र २ एमपिको बोके क्यामेरासहितको डुअल क्यामराले खिचेका तस्विरहरुमा उत्कृष्ट डिटेलहरु पाउन सकिन्छ । त्यस्तै यसमा भएको ८ एमपिको फ्रन्ट क्यामराले गर्दा उतिकै सुन्दर सेल्फीहरु पनि लिन सकिन्छ । त्यस्तै यसमा भएको सुपर नाइट सेल्फीले एआइ फेस ब्युटी र औरा स्क्रिन लाइट प्रयोग गरेर कम उज्यालोमा पनि जसले गर्दा सेल्फीमा ग्लो दिन्छ ।

बर्गन्डी ब्ल्याक र सि ब्लुजस्ता आकर्षक रङहरुमा उपलब्ध यस भिभो वाइको सिमलेस फ्रेमले यसको एस्थेटिकलाई झनै लोभलाग्दो बनाएको छ ।


क्लिकमान्डु