नेपाल बैंकको नाफा ३ अर्ब ४१ करोड



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल बैंकको नाफा १६.७० प्रतिशतले बढेर ३ अर्ब ४१ करोड १५ लाख २६ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ९२ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशतले बढेर ९ अर्ब ४४ करोड १्र५ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ६ अर्ब ७१ करोड ४५ लाख ८६ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन नाफा २१.१९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ८२ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड ३३ लाख ६५ हजार रुपैयाँ रहेको छ । १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २० अर्ब ९१ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
२ खर्ब ४४ अर्ब ५४ करोड ८८ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ७८ अर्ब ८८ करोड ८६ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट बढेर २.८५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ ।


रवि धिताल