प्रभु बैंकको नाफा ४८.५४% ले बढ्यो, अन्य सूचक कस्ता ?




काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म प्रभु बैंकको नाफा ४८.५४ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९० करोड २० लाख १५ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएको छ । जसले गर्दा नाफा पनि बढेको देखिएको छ ।

अघिल्लो आवको असार मसान्तको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड ७९ लाख १७ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा ४७.५२ प्रतिशतले बढेर ४ अर्ब २० करोड ७७ लाख ५ हजार रपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा १६ करोड १६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

सेन्चुरी बैंकलाई एक्वायर गरेको प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब २ करोड ८ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ अर्ब ३८ अर्ब बढी कर्जा लगानी गरेको छ ।

वर्ष १।८६५ रहेको खराब कर्जा बढेर असार मसान्तसम्ममा ४।१६५ पुगेको छ । जसका कारण लोन लस प्रोभिजनमा २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम छुट्याउनु परेको छ । खराब कर्जाको व्यवस्थापनलाई बैंकले उच्च प्राथमिकतामा राखेको चौथो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरेको छ ।

बैंकको खराब कर्जा १.८६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ रहेको बैंकको प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा रहेको छ ।


रवि धिताल