एनआईसी एशिया डाइनामिक डेप्टले १०% लाभांश दिने



काठमाडौं । एनआईसी एशिया क्यापिटल फण्डद्वारा अन्तर्गत सञ्चालिन एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई फण्डले उक्त लाभांश दिने भएको हो । आज बसेको संचालक समितिको १२९औं बैठकले उक्त लाभांश दिने निर्णय भएको छ । उक्त लाभांशका लागि कम्पनीले साउन १९ गते इकाईधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ । कम्पनीले यो प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि लाभांश पुन लगानी योजना ल्याएको जनाएको छ ।

यो योजनामा सहभागी हुन साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ । यो योजनामा सहभागी नहुने इकाईधनीहरुको हकमा उक्त प्रतिफल बापतको रकम भदौ १ गते पश्चात् सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सोझै जम्मा हुने छ ।


रवि धिताल