कामना सेवा विकास बैंकका ग्राहकले चिल्ली रेस्टुरेन्ट, हिमालयन ग्लोरी र हिमालयन गेस्ट हाउसमा छुट पाउने
काठमाडौं । कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध व्यक्तिहरुले पोखरा–०६, लेकसाइडस्थित चिल्ली बार एण्ड रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १२ प्रतिशतसम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।