केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रशारण नगर्ने माओवादी निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रशारण नगर्ने भएको छ ।

माओवादी केन्द्रीय कमिटीको बैठक बुधवार (आज) दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा बस्दैछ । आजै पार्टी केन्द्रिय कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले केन्द्रिय कमिटीको बैठक प्रत्यक्ष नगर्ने निर्णय गरेको हो ।

केही दिनअघि पदाधिकारीको बैठकले बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेको भएपनि स्थायी कमिटीको बैठकले सो निर्णय उल्ट्याएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदै पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बैठक प्रत्यक्ष प्रशारण नहुने जानकारी दिए । त्यस्तै बैठकले केन्द्रीय कमिटी निर्माणमा विधान विपरित कामहरु भएको भन्दै आजै विधान संशोधन गरेर भोलि केन्द्रीय कमिटी सदस्य थप्ने निर्णय गरेको बताए ।

आजको केन्द्रिय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने र केही नेताहरुले बोल्ने उनले जानकारी गराए । ‍


क्लिकमान्डु