अल्का हस्पिटलको व्यापार २६ प्रतिशतले बढ्यो, साढे ८१ करोड रुपैयाँ आम्दानी



काठमाडौं । अल्का हस्पिटल प्रालिको आम्दानी २६ प्रतिशतले बढेको छ । हस्पिटलको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २६ प्रतिशतले बढेको हो ।

हस्पिटलले सन् २०२१ मा ६४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, हस्पिटलले सन् २०२२ मा ८१ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। सन् २०२० मा ६१ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीअनुसार सन् २०२२ मा सेवाको शूल्य र बिरामीको संख्या बढ्दा आम्दानी बढेको जनाएको छ । सन् २००६ दर्ता भएको हस्पिटलले सन् १९९५ मा अल्का फार्मेसी स्थापना गरेको थियो । तर, सन् २००२ मा लगानीकर्ताले अल्का पोलिक्लिनिक प्रालिमा परिणत गरेको थियो । पछि सन् २००५ मा अल्का हस्पिटलको नाममा अस्पताल सञ्चालन सञ्चालन गर्दै आएको छ ।

अल्का हस्पिटलले इस्न्टिच्यूट अफ मेडिकल साइन्सको नाममा नर्सिङ कलेज पनि सञ्चालन गर्दै आएको छ । सन् २०२२ मा नर्सिङ कलेजबाट ४ करोड रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा ४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हस्पिटलले सन् २०२२ मा ९।५२ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा १०.५६ प्रतिशत नाफा कमाएको थियो । तिलकबहादुर थापा अध्यक्ष रहेको हस्पिटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६९ करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

हस्पिटलले दीर्घकालीन कर्जाका लागि ६३ करोड ३३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

हस्पिटलले डाइगोस्टिक सेवा, विशेष क्लिनिकमा न्यूफ्रोलोजी, पलस्टिक सर्जरी, होल्मिय लेजर इन्यूक्लिसन अफ द प्रोस्टेट, लेपारोस्किोपिक सर्जरी, फ्यामिलि स्वास्थ्य सेवा, अर्थोपेडिक सर्जरी जस्तै हिप, घुँडा, जोइन्ट रिप्लेसमेन्ट सर्जरीजस्ता सेवा दिँदै आएको छ ।

अस्पिटललमा १०२ जना डाक्टर र ४६६ जना सहयोग गर्ने कर्मचारी छन् । कम्पनीको जावलाखेल र भानीमण्डलमा हस्पिटल र धोविघाटमा नर्सिङ कलेज छ ।


क्लिकमान्डु