नक्कली शरणार्थी प्रकरण: जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगे खाण, रायमाझीसहितका प्रतिवादी



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका प्रतिवादीहरू उच्च अदालत पुगेका छन् ।

जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै उनीहरु उच्च अदालत पाटन पुगेका हुन्।

जिल्ला अदालतको आदेशविरुद्ध उनीहरुले पुनरावेदन दर्ता गरेका छन् । जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ ।

जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेसँगै उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई ‘कैफियत प्रतिवेदन’ पठाउन आदेश दिन्छ । उक्त प्रतिवेदन प्राप्त भएपछि उच्चले बहससँगै त्यसकै निरन्तरता वा थप आदेश गर्न सक्छ ।


क्लिकमान्डु