मानिसको औसत आयु ‘१२० वर्षसम्म पुग्न सक्ने’ वैज्ञानिकको उद्घोष



सांकेतिक तस्बिर

एजेन्सी । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म पुग्ने अनुमान गरिएको स्विडेनी टेलिभिजन (एसभीटी) ले जनाएको छ ।

मालार्डालेन युनिभर्सिटी (एमडीयू) का अनुसन्धाता इग्नाट कुलकोभले एसभीटीसँग भने, ‘हाम्रो प्राग्ज्ञान (रोगको पुर्वानुमान) अनुसार मानिसको आयु ५० वर्षभित्र कमसेकम विकसित राष्ट्रमा १०० देखि १२० वर्षको बीचमा हुनेछ ।’

फिनल्यान्ड, फ्रान्स र संयुक्त अधिराज्य (बेलायत) का विश्वविद्यालयका सहकर्मीसँग गरिएको एक अध्ययनका विषयमा वैज्ञानिक पत्रिका ‘फ्युचर्स जर्नल’मा प्रकाशित भएको निष्कर्षबारे कुलकोभले जानकारी गरए ।

उनले भने, ‘धेरैभन्दा धेरै मानिसले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरीरमा पहिरिन योग्य उपकरण लगाउनेछन् । यी उपकरण चिकित्सक र अस्पतालसँग जोडिनेछन् ।’

कुलकोभले प्रसंगलाई थप जोडे, ‘यी सेन्सरमध्ये केही ‘इम्प्लान्ट’को रूपमा हुनेछन् । परिणामस्वरूप यस्ता उपकरणले चिकित्सकलाई प्रारम्भिक चरणमा जीवनशैली परिवर्तन गर्न स्वास्थ्यमा सुधार र लामो आयुका साथ सिफारिस गर्न सक्षम बनाउनेछन् ।’ 

अन्य क्षेत्रमा भएको प्रगतिले पनि लामो आयुमा योगदान पुर्‍याउने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।    कुलकोभले भने, ‘कोभिड–१९ को महामारीबाट भाइरसलाई कसरी बढी कुशलतापूर्वक पत्ता लगाउने भन्नेबारे राम्रो ज्ञान प्राप्त भएको छ । यसपहिले नै रोगहरूको छिटो निदान गर्न र नयाँ उपचारहरू विकास गर्न कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरिएको छ ।’

व्यक्तिगत रूपमा तयार पारिएका औषधिसँग व्यक्तिगत औषधिले पनि स्वास्थ्यमा सुधार ल्याउन योगदान पुर्‍याउने अपेक्षा गरिएको उनले बताए ।

‘यद्यपि, त्यहाँ नयाँ चुनौती पनि छन्,’ कुलकोभले भने । तर, जलवायु परिवर्तनले भविष्यमा मात्र नभई अहिले नै हाम्रो स्वास्थ्य सेवा प्रणाली र हाम्रो जीवनमा सबैभन्दा ठूलो प्रभाव पार्ने उनको भनाइ छ ।


क्लिकमान्डु