सुन प्रकरण: ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ
काठमाडौं । एक क्वीन्टल बढी सुन तस्करी प्रकरणमा सम्बन्ध देखिएको भन्दै राजस्व अनुसन्धान विभागको टोलीले ठमेलको होटल भियनामा छापा मारेको छ । त्यसक्रममा विभागले एक जनालाई पक्राउ गरेको छ ।
विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको हो ।
हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।
यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट नियन्त्रणमा लिएको थियो । ब्रेक सुभित्र लुकाएर सुन नेपाल ल्याइएको थियो ।