साउन अन्तिमबाट हकप्रद सेयर निष्कासन गर्दै अपि पावर कम्पनी



काठमाडौं । अपि पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.४० अनुपातमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद सेयरमा आवेदन दिन असार २१ गतेसम्म सेयरधनी भएको हुनुपर्ने छ । असार २२ गते बुक क्लोज गरेको छ । कम्पनीको हकप्रदमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय, मुक्तिनाथ बैंकका शाखाबाट आवेदन दिन सकिने छ । यस्तै सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।


क्लिकमान्डु