कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्रमा संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरेको थियो । सर्वोच्चले संविधानको धारा १६८ (२) अनुसार १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश पनि दिएको छ ।


क्लिकमान्डु