लघुवित्तपीडितहरुले मागे अर्थमन्त्री र गभर्नरको राजीनामा



काठमाडौं । आन्दोलनरत लघुवित्तपीडितहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन उनीएका उनीहरुले अर्थमन्त्री प्रकाशशरण महतसहित गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन् ।

प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल भएको थियो । ७ महिनादेखि नै आन्दोलनरत लघुवित्तीय संस्थापीडितहरूले पछिल्लो पटक फेरि देशभरबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

लघुवित्त संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्, आम गरिब किसानहरुलाई नि:शुल्क ऋण प्रदान गर्, समाजवादी अर्थतन्त्रको विकास गर् भन्दै उनीहरुले नारा नाराबाजी गरेका थिए ।


क्लिकमान्डु