सामानान्तर निर्माण सेवाले साढे ११ अर्ब ऋण लिँदै, ३ अर्ब आम्दानी



काठमाडौं । सामानान्तर निर्माण सेवाले साढे ११ अर्ब बढी ऋण लिने भएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जा गरी ११ अर्ब ६६ करोड ११ लाख रुपैयाँ ऋण लिने भएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ११ अर्ब ६४ करोड ५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

अच्युतप्रसाद खरेल अध्यक्ष रहेको कम्पनीले सन् २०२२ मा ३ अर्ब १२ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा ३ अर्ब १३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।

पूर्वाधार निर्माण क्षेत्रमा काम गर्दै आएको कम्पनीले सन् २०२२ मा ५.३१ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा ४.६७ प्रतिशत नाफा कमाएको थियो ।

कम्पनीसँग अहिले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँको आयोजना छ । ‘क’ वर्गको निर्माण कम्पनी समानान्तर निर्माण सेवा कम्पनी सन् २००९ मा स्थापना भएको थियो ।
कम्पनीले भवन, सडक तथा पानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ ।


क्लिकमान्डु