एन्ड्रोइड प्रयोगकर्ताका लागि एपका रुपमा आउँदै च्याटजीपीटी



एजेन्सी । ओपन एआईले आगामी हप्ता आफ्नो एआई (आर्टिफिसियल इन्टिलिजेन्स) च्याटबट ‘च्याटजीपीटी’को एप सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले आगामी साता एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि च्याटजीपीटीको एप सार्वजनिक गर्न लागेको हो । कम्पनीले एक ट्विट गर्दै यसबारे जानकारी दिएको छ । कम्पनीकाअनुसार गुगलको प्ले स्टोरमा आजदेखि एपका लागि प्री–रजिस्टर गर्ने सुविधा पनि सुचारु गरिएको छ ।

प्रि–रजिस्टर गरेर अटोमेटिक इन्स्टललाई सुचारु गर्ने हो भने एप सार्वजनिक भएपछि उक्त एप स्वतः फोनमा डाउनलोड हुने गर्छ ।

कम्पनीले यसअघि एप्पल (आईओएस)का लागि आफ्नो एप सार्वजनिक गरेको थियो । गत मे मा कम्पनीले आईओएसका लागि एप सार्वजनिक गरेको हो ।


क्लिकमान्डु