४ सय केभीको अरुण कोरिडोर प्रसारण लाइन निर्माण हुँदै
काठमाडौं । कोशी प्रदेशको संखुवासभा जिल्लामा ४ सय केभीको हाइटार–सितलपाटी (अरुण कोरिडोर) विद्युत प्रसारण लाइन निर्माण हुने भएको छ ।
विद्यूत विकास विभागकाअनुसार संखुवासभाको मकालु गाउँपालिका–४ मा प्रस्तावित ४००/१३२ केभीको हाइटार सबस्टेसनदेखि सोही जिल्लाको चिचिला गाउँपलिका हुँदै खादबारी नगरपालिका–१० प्रस्तावित ४००/२२० केभीको सितलपाटी सबस्टेसनसम्म विद्युत प्रसारण लाइन निर्माण हुने भएको हो । प्रसारण लाइनको निर्माण राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिडेटले गर्नेछ ।
यो प्रसारण लाइनको भोल्टेज ४ लाख भोल्ट, डबल सर्किट रहने र २२६० मेगावाटसम्मको विद्युत प्रसारण गर्न सकिने किसिमको हुनेछ । ३५ किमि हुने प्रसारण लाइनमा ९८ वटा टावरहरु हुनेछन् ।
प्रसारण लाइनको निर्माण कार्य सुरु भएको २४ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।