त्रिभुवन विमानस्थलमा राजस्व अनुसन्धान विभागको छापा, ठूलो परिमाणमा सुन बरामद



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । विभिन्न वस्तुमा मिसाएर ठूलो परिमाणमा सुन ल्याएको सूचनाको आधारमा विभागले छापा मारेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको गेटबाट केही वस्तुमा मिसाएर ल्याएको सुन बरामत भएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

`म भर्खरै विभागमा फर्किएको छु, साथीहरूले तस्करीमा संलग्न अन्य व्यक्तिको खोजी गरिरहनुभएको छ,´ उनले क्लिकमान्डुसँग भने, `विभिन्न वस्तुमा मिसाएर सुन ल्याएको पाइएको छ, पगालेर गुणस्तर परीक्षण नगरी सुन कति छ भन्न सकिन्न ।´

उनले सुन तस्करी हुँदै छ भन्ने सूचना पाएपछि भन्सार कार्यालयमा छापा मारेको जानकारी दिए । `अहिले घटना अनुसन्धानको क्रम छ, तस्करीमा को–को संलग्न छन्, भन्सार विभागका कर्मचारीको भूमिका के छ भन्ने विषयमा पनि अनुसन्धान हुन्छ,´ ढुंगानाले भने, `अनि मात्रै सत्यतथ्य बाहिर आउँछ ।´


क्लिकमान्डु