
काठमाडौं । सिद्धार्थ आयल इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब १ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब ५० करोड रुपैयाँ, सन् २०२४ मा १ अर्ब १६ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको चालु आवको ९ महिनाको अवधिमा नाफा मार्जिन सुधार आई ६.८ प्रतिशत पुगेको छ । गत आवमा नाफा मार्जिन १.४ प्रतिशतमा सीमित भएको थियो । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ऋण भुक्तानी क्षमता सूचकहरु पनि सुधार आएको छ । कम्पनीको ब्याज भुक्तानी क्षमता अनुपात ५.० गुणा र ऋण सेवा क्षमता अनुपात ४.६ गुणा रहेको छ । गत आवमा ब्याज भुक्तानी क्षमता ०.६ गुणा र ऋण सेवा क्षमता अनुपात ०.५ गुणा थियो ।
कम्पनीको ऋणको स्तर बढेको छ । कम्पनीको कुल ऋण/नाफा मार्जिन अनुपात चालु आवको ९ महिनाको अवधिमा ६.३ गुणा पुगेको छ । सन् २०२४ मा ४.४ गुणा थियो ।
कम्पनीले कच्चा तोरीको तेल प्रशोधन गरी तेज ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । सन् १९९९ मा स्थापना भएको कम्पनीले अष्ट्रेलिया, क्यानाडा र युक्रेनबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गर्दै आन्तरिक बजार र भारतीय बजारमा बिक्री वितरण गर्दै आएको छ ।
जगदिशकुमार अग्रवालको ३० प्रतिशत, राजेशकुमार अग्रवालको ४० प्रतिशत र श्यामसुन्दर अग्रवालको ३० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ११ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ११ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको हो ।






प्रतिक्रिया