अब ट्विटरबाट पनि पैसा कमाउन सकिने



एजेन्सी । माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले पनि आफ्ना प्रयोगकर्ताहरुका लागि ‘रेभिन्यु सेयरिङ प्रोगाम (आम्दानी साझा गर्ने)’ सुरु गरेको छ ।

ट्विटरकाअनुसार १४ जुलाईबाट भेरिफाइड (प्रमाणीकरण भएका) कन्टेन्ट क्रियटर्सले अब ट्विटरबाट पनि पैसा कमाउन सक्नेछन्।

यो योजनाअन्तर्गत प्रमाणीकरण भएका कन्टेन्ट क्रियटर्स आफूले गरेको ट्विटको रिप्लाईमा देखिने विज्ञापनको माध्यमबाट पैसा कमाउनेछन् ।

कम्पनीले उनीहरुलाई यीनै विज्ञापन देखाएपावतको रकम दिनेछ । ट्विटरका मालिक एलन मस्कले बताएअनुसार क्रियटर्सका लागि पहिलो चरणमा ५० लाख अमेरिकी डलर (६५ करोड ५३ लाख) रकम वितरण गर्नेछ ।

ट्विटरले आफ्नो आधिकारिक ट्विटर ह्यान्डल र अनलाइन हेल्प सेन्टरमा उल्लेख गरेअनुसार क्रियटर्स मोनिटाइजेसनलाई विस्तार गर्दै यो योजना सुरु गरिएको हो ।

जुलाईको अन्तिमबाट भुक्तानी सुरु हुने कम्पनीले जनाएको छ । भुक्तानी सुरु भएसँगै सबै प्रमाणिकरण भएका प्रयोगकर्ताहरुले आम्दानी गर्न सक्नेछन् ।

कम्पनीले भनेको छ, ‘सबै मापदण्ड पुरा गरेका क्रियटर्सहरुलाई भुक्तानी हुनेछ र क्रियटर्स सब्सक्रिप्सनमा पनि साइन इन गर्न सक्नेछन् ।’ भुक्तानीका लागि ट्विटरमा कन्टेन्ट क्रियटर्सलाई ५ सय जनाले फलो गरेको हुनुपर्नेछ । प्रयोगकर्ताको एकाउन्ट प्रमाणिकरण भएको हुनुपर्नेछ भने पछिल्लो ३० दिनमा एकाउन्ट सक्रिय पनि हुनुपर्नेछ । ट्विटरको भेरिफिकेसन भएका प्रयोगकर्ता र पछिल्लो ३ महिनामा ५० लाख इम्प्रेसन भएको हुनुपर्नेछ । यस्ता क्रियटर्सहरुले आफ्नो एकाउन्टबाट मोनिटाइजेसन अर्थात आम्दानी गर्ने प्रक्रियालाई सुरु गर्न सक्ने ट्विटरले जनाएको छ ।


क्लिकमान्डु