सरकारले तोक्यो धानको समर्थन मूल्य, प्रतिक्विन्टल २३४ रुपैयाँले बढायो



काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान र मध्यम धानको समर्थन मूल्य तोकेको हो ।

सरकारले मोटा धानको न्यूनतम मूल्य प्रतिक्विन्टल २३१ रुपैयाँले बढाएको छ । गत वर्ष सरकारले मोटा धानको न्यूनतम मूल्य प्रतिक्विन्टल २९ सय ६७ रुपैयाँ तोकेको थियो । सरकारले यो वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल ३१ सय ९८ रुपैयाँ तोकेको छ ।

त्यस्तै, सरकारले मध्यम धानमा प्रतिक्विन्टल २३४ रुपैयाँले बढाएको छ । सरकारले गत वर्ष मध्यम धानको मूल्य प्रतिक्विन्टल ३१ सय २८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो यो वर्ष ३३ सय ६२ रुपैयाँ तोकेको छ ।

न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने व्यवस्था छ । यसैगरि, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न सरकारले बजेटको व्यवस्था गर्दै आएको छ ।


क्लिकमान्डु