सामान पठाइदिएको छु भन्दै १ अर्बभन्दा बढीको ठगी गर्ने ७ जना पक्राउ



काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी रकम ठगी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीले झापाको बिर्तामोड नगरपालिका ५ इन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल घर भएका २५ वर्षीय प्रविण भट्टसमेत अन्य ७ जनालाई पक्राउ गरेको हो ।

उदयपुर कटारी नगरपालिका ४ बस्ने महिलालाई सामाजिक सञ्जालमार्फत सामान र अमेरिकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको करबापतको रकम भनि १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाइ ठगी गरेको खुलेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

उनीहरुले खोलेको संस्थाबाट एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको ठगी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका सातै जनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धि कसुरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


क्लिकमान्डु